आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

एमालेको सचिवालय बैठक बस्दै

आइतबार, बैशाख २१ २०८२

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले पार्टीको सचिवालय बैठक बस्दैछ ।

आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको हो ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले आज दिउँसो २ बजे च्यासलमा बस्ने गरी बैठक बोलाइएको जानकारी दिएको छ ।

आजको बैठकमा संसदमा प्रस्तुत भएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा छलफल हुनेछ । त्यस्तै समसामयिक राजनीतिक गतिविधिका विषयमा पनि छलफल हुने बताइएको छ ।