काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ ।
शुक्रबार प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बिहान १० बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।
बैठक के कारणले स्थगित गरिएको भन्नेबारे खुलाइएको छैन ।
बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको थियो ।
सरकारको नीति तथा कार्यक्रम आजै दिउँसो ३ बजे बस्ने संघीय संसद्को बैठकमा प्रस्तुत हुँदैछ ।
साथै नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम समेत स्थगित भएको छ ।