काठमाडौँ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको घोषणसभा स्थलबाट नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि एकता घोषणा कार्यक्रम स्थगित भएको छ ।
आजका लागि तय भएको एकता सभा रोकिएको जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले जानकारी दिए ।
प्रज्ञा भवन कमलादी परिसरबाट सादा पोशाकमा रहेका प्रहरीले चौधरीलाई नियन्त्रणमा लिएर डिल्लीबजार कारागार पुर्याएको छ ।
एकताका लागि कमलादीस्थित प्रज्ञा भवनको हलमा कार्यक्रम आयोजना गरिएको थियाे । दुवै दलका नेता-कार्यकर्ता त्यहाँ उपस्थित भएका थिए।
अहिले कार्यक्रम स्थलमा रहेका नेता कार्यकर्ताले सरकार विरुद्ध नाराबाजी गरिरहेका छन् ।