काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)को एकीकरण घोषणा कार्यक्रम तोकिएको समयमा सुरु हुन सकेको छैन ।
आज बिहान ठीक ११ बजेका कमलादीस्थित प्रज्ञा भवनको हलमा कार्यक्रम सुरु हुने तालिका भएपनि अहिलेसम्म कार्यक्रम सुरु हुन सकेको छैन ।
प्रज्ञा भवनको हल बुकिङमा कमजोरी हुँदा समयमा त्यहाँ पुगेका सहभागीहरूले प्रवेश नै पाएनन् ।
आयोजकले हल बुकिङको प्रक्रिया पूरा नगरी त्यहाँ पुग्दा सहभागीहरूका लागि हलको ढोका खुलेन, ढाेका नखुलेपछि उनीहरु अन्योलमा परे । नाउपा पक्षकाले हल बुकिङको जिम्मेवारी लिएको बुझिएको छ ।
हलभित्र प्रवेश गर्न नपाएपछि त्यहाँ पुगेका कार्यकर्ता प्रज्ञा भवन प्राङ्गणमै टोलाएका छन् ।
११ बजे हुने भनिएको घोषणा सभा सुरु हुन ढिलाइ हुने भएको छ। अब १ बजे पछि मात्रै कार्यक्रम सुरु हुने नेताहरुको भनाइ छ ।