आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सत्तारूढ दलहरूको बैठक बस्दै, यस्ता छन् एजेण्डा

बुधबार, बैशाख १७ २०८२

काठमाडौं । सत्तारूढ राजनीतिक दलहरूको बैठक आज बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बाेलाएकाे सत्तारुढ दलहरूको बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा समसामयिक राजनीति, मुलुकमा देखिएका विभिन्न किसिमका गतिविधिका विषयमा छलफल हुनेछ ।

यस्तै, काठमाडौंमा भइरहेका शिक्षक आन्दोलन, चिकित्सक आन्दोलन, सहकारी तथा निजामती कर्मचारीहरूको आन्दोलनलगायत विषयमा छलफल हुने बताइएको छ ।