काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना मुद्दाको पेसी न्यायाधीशद्वय सपना मल्ल प्रधान र नित्यानन्द पाण्डेयको इजलासमा तोकिएको छ ।
थापाविरुद्ध अदालतको अवहेलनामा कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको थियो।
उक्त मुद्दाउपर आज सुनुवाई हुने भएको हो ।
थापाविरुद्ध अधिवक्ता अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरेका थिए ।
सेन्टर फर डेमोक्रेसी संस्थाले आयोजना गरेको एक दिवसीय अन्तरक्रियालाई सम्बोधन गर्दै सर्वोच्च अदालतले डिल गरिरहेको भनेर तर्साउन खोजेको भन्ने अभिव्यक्ति दिएका थिए ।