काठमाडौं । गृहमन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । गृहमा रहेका तीन जना सहसचिवलाई विभिन्न जिल्लामा पठाइएको हो ।
सहसचिव रामकृष्ण अधिकारीलाई तनहुँको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ भने तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको रामेछाप सरुवा भएको छ ।
रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललाई गृह मन्त्रालय तानिएको छ ।
मन्त्रालयमा रहेका बद्रिनाथ गैह्रेलाई जिल्ला प्रशासन कार्यालय दैलेख पठाइएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी एवम् उपसचिव नवराज जैशीलाई मन्त्रालय तानिएको छ ।
गृह मन्त्रालयका सहसचिव बन्धुप्रसाद बास्तोलालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा काजका लागि पठाइएको छ ।