सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

दिपेन्द्रसिंह ऐरीले बनाए टी-२० आईमा अर्को कीर्तिमान

बिहिबार, चैत्र २८ २०८१

काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टी २०आई क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन् ।

बिहीबार कुवेतविरुद्ध खेल्दै उनले करियरमा सबैभन्दा धेरै इनिङ शून्यमा आउट नभइकन अर्थात् बिना डक धेरै इनिङ्स खेल्ने कीर्तिमान बनाएका हुन् ।

उनले ७६ खेल खेल्दा ६६ इनिङमा डकआउट भएका छैनन् भने १० खेलमा ब्याटिङ गर्नुपरेन ।

कुवेतसँगको खेलमा उनले १२ बलमा ३१ रन बनाउँदै नेपालको जितमा फिनिसङ टच दिएका थिए ।

उनीभन्दा पछाडि वेस्ट इन्डिजका मार्लन सामुयल्स छन् जसले ६५ इनिङमा डकआउट नभइ खेलेर कीर्तिमान बनाएका छन् ।

दिपेन्द्रले यसअघि सबैभन्दा छिटो ९ बलमा अर्धशतक बनाउने कीर्तिमान पनि आफ्नो नाममा  बनाएका थिए जुन तोडिँदैन केवल बराबरी मात्र हुन सक्छ । त्यस्तै एकै ओभरको ६ बलमा ६ छक्का हान्ने कम खेलाडीमध्येका उनी एक पनि हुन् ।