आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सुनको मूल्यमा सामान्य वृद्धि

बुधबार, चैत्र १३ २०८१

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।

महासंघका अनुसार मंगलबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको छ ।

जसअनुसार छापावाल सुन तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै प्रति १० ग्राम १ लाख ४८ हजार ७५० रुपैयाँ कायम भएको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । मंगलबार तोलामा १ हजार ८८० रुपैयाँ कायम भएको चाँदी अँज बढेर तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।