काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गरिएपछि विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल विद्युत प्राधिकरणको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
प्राधिकरण मुख्यालयमा सशस्त्र प्रहरी बलका साथै नेपाल पुलिस तैनाथ गरिएको हो ।
यसअघि सोमबार साँझ बसेको मन्त्रिपरिद् बैठकले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदमुक्त गरेको थियो ।
कुलमानलाई हटाएर सरकारले हितमान शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको छ ।