आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

मंगलबार, चैत्र १२ २०८१

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य आज अघिल्लो दिनकै मूल्यमा अर्थात् प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।