आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्याे आज ?

बुधबार, चैत्र ६ २०८१

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।

आज सुनको भाउ तोलामा १ लाख ७६ रुपैयाँ पुगेको छ ।

मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको हो ।

जुन मूल्य हालसम्मकै उच्च हो । महासंघका अनुसार बुधबार १० ग्राम छापावाल सुनकै मूल्य १ लाख ५० हजार ८९० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य भने सामान्य घटेको छ । मंगलबार तोलामा २ हजार ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार मात्र ५ रुपैयाँ घटेर २ हजार ४५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।