सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

ब्राउन सुगरसहित दुई युवक पक्राउ

सोमबार, चैत्र ४ २०८१

बर्दिया । ब्राउन सुगरसहित बर्दियामा दुई युवक पक्राउ परेका छन् ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ का २० वर्षीय विजयजंग शाही र कोहलपुर वडा नम्बर २ का ३० का लोकबहादुर सामै मगर पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार शाही र मगरलाई चैत १ गते दिउँसो पक्राउ गरिएको थियो। उनीहरूको साथबाट पुडिया बनाइ लुकाइ छिपाइ राखेको अवस्थामा ४ ग्राम २३० मिलीग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

बर्दियाको बढैयाताल गाँउपालिका वडा नम्बर ७ कर्णालीपुर नजिकैबाट उनीहरू फक्राउ परेका थिए।

भारतबाट नेपाल पैदल हिँडेर आएका उनीहरू कर्णाली पुलनजिक लु प्र –०३–००१ प १७८२ नम्बरको मोटरसाइकल चढेका थिए। आशंका लागेर प्रहरीले खानतलासी लिएको थियो ।