काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट तथा सिफारिस समितिले पाँच उम्मेदवारको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरेको छ ।
नेप्सेको सीईओ पदका लागि आवेदन परेको १० जनामध्ये पाँच जनालाई कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको हो ।
सर्टलिस्टमा परेकाहरुमा चुडामणी चापागाईं, नारद कुमार लुईंटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्यालको नाम आज सार्वजनिक गरेको हो ।
सर्टलिस्टमा परेकाहरुको अब व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता हुने छ । त्यसका लागि चैत ६ गते बुधबार बिहान सात बजे अर्थ मन्त्रालयमा उपस्थित हुन भनिएको छ ।
नेप्सेको सीईओ बन्नका लागि अन्य पाँच जनाको पनि आवेदन परेको थियो । आवेदन परेका युवराज दाहाल, प्रवीण अधिकारी, विमल कुमार तिवारी, कृष्ण बहादुर कार्की र मुकुन्द राज जोशी सर्टलिस्टमा परेनन् ।
