मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

बलात्कार आरोपमा एकीकृत समाजवादीका नेता पक्राउ

बिहिबार, फाल्गुन २२ २०८१

कास्की । बलात्कार आरोपमा नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ परेका छन् ।

कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा गिरीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको हो ।

स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले घरबाट नै पक्राउ गरी कास्की प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

पक्राउ परेका गिरीलाई कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।