बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

फ्लाई दुवईबाट काठमाडौं ओर्लिएका तीन विदेशी महिलाको मलद्वारमा भेटियो तीन किलो सात सय ७५ ग्राम सुन

बिहिबार, फाल्गुन १५ २०८१

काठमाडौं । दुबईबाट काठमाडौं आएका तीन महिला र एक विदेशी पुरुष साढे तीन किलो सात सय ७५ ग्राम सुनसहित पक्राउ परेका छन्।

फ्लाई दुवईको एफजेड ५७५ उडानबाट बुधबार साँझ आएका उज्वेकिस्तानका नागरिकहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका एएसपी सोमेन्द्र सिंह राठौंरका अनुसार चेकजाँच सकेर भन्सारबाट पास भइसकेका उनीहरुलाई नेपाल प्रहरीको सादा पोशाकका प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले मलद्वारमा सुन लुकाएर ल्याएका थिए ।

उनीहरुलाई अहिले प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।