मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

इन्स्पेक्टर सन्तोषी महत मृत्यु प्रकरण : डीआइजीको नेतृत्वमा छानबिन समिति गठन

सोमबार, फाल्गुन १२ २०८१

काठमाडौं । सशस्त्र प्रहरी बलमा कार्यरत इन्स्पेक्टर सन्तोषी महतको मृत्यु घटना छानबिन गर्न सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआइजी) को संयोजकत्वमा समिति गठन भएको छ ।

सशस्त्र प्रहरी मुख्यालयका प्रवक्ता डीआइजी कुमार न्यौपानेका अनुसार डीआइजी लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो ।  ५ सदस्यीय छानबिन समिति गठन गरिएको हाे ।

शनिबार राति पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा महत झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । सिन्धुपाल्चोक घर भएकी महत १७ बेसिक (२०८१) कि इन्स्पेक्टर हुन्। इन्स्पेक्टरको बेसिक तालिम गरिरहेकी उनी ब्यारेकको महिला शौचालयको नजिकको बिममा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

महतको शव पोष्टमार्टमका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगंज ल्याइएको छ । महत सशस्त्र प्रहरी जवान र असई हुँदै उनी इन्स्पेक्टर भएकी थिइन् ।

प्रेम सम्बन्धमा दरार आएपछि उनले आत्महत्या गरेको हुनसक्ने परिवारको आशंका छ ।