बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रधानमन्त्री ओलीसँग राप्रपा अध्यक्ष लिङदेनको भेटघाट

शुक्रबार, पुष २६ २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते राप्रपाले भृकुटीमण्डपमा आयोजना गर्ने चियापान कार्यक्रममा निमन्त्रणा दिने क्रममा प्रधानमन्त्री ओलीसँग भेट गरेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

उनले हिजाे साँझ प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।

लिङ्देनले भेटका क्रममा विविध पक्षमा लामो कुराकानी भएको पनि उल्लेख गरेका छन्।

उनले यसअघि सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।

पृथ्वी जयन्ती मनाउन शीर्ष राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्री बनाइदिन्छौँ भन्दै सौदाबाजी गर्नुपर्ने अवस्था रहेको टिप्पणी गरेका थिए ।

बिहीवार काठमाडौंमा आयोजित ‘नेपाल र नेपालीको पहिचानमा पृथ्वीनारायण शाहको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङदेनले यस्तो बताएका थिए ।