काठमाडौं । मानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारकाे निधन भएकाे छ।
आज बिहान उनी जोरपाटीस्थित निवासमा सुतेकै स्थानमा मृत फेला परेकी हुन् ।
उनका श्रीमान् विहान ५ बजे आफू उठेर उनलाई उठाउन जाँदा अचेत अवस्थामा फेला पारेका थिए ।
त्यसपछि नेपाल मेडिकल कलेज जोरपाटी पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको मृत्युको कारण खुल्न भने बाँकी छ ।
४७ वर्षिया दनुवारको श्रीमान, एक छोरा र छोरी छन्।
सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरुको अगुवाइमा स्थापित शक्ति समूहकी अध्यक्ष समेत हुन् ।
उनलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ता (नेता) को सूचीमा राखेको थियो । दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा सम्मान समेत गरेको थियो ।