बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भक्तपुरमा बाबुले गरे छोराको हत्या

बुधबार, पुष ३ २०८१

भक्तपुर । भक्तपुरमा एक जनाको हत्या भएको छ ।

गएराति भक्तपुर नगरपालिका वडा नम्बर–२ मा ६३ वर्षीय दीप बहादुर शाहीले ३१ वर्षीय छोरा नरेन्द्र बहादुर शाहीको हत्या गरेका हुन् ।

भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेका अनुसार हत्यामा संलग्न दीप बहादुरलाई प्रहरीले पक्राउ गरेको छ ।

विवादका क्रममा बाबुले छोरालाई चक्कु प्रहार गर्दा उक्त घटना भएको प्रहरीको भनाइ छ ।