राजविराज । गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा कार्यरत एक कर्मचारी मृत फेला परेका छन्।
मृत फेला पर्नेमा गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको टिकट काउन्टरमा कार्यरत अन्दाजी ४५ वर्षीय सुधीर कुमार झा रहेको प्रहरीले जानकारी दिएको छ ।
सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतका अनुसार मृतक झाका दुवै खुट्टाले भुईं टेकेको भेटिएको थियो।
उनको घाँटी कसेर झ्यालको रडमा बाँधिएको अवस्थामा भेटिएको थियो । आइतबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।