बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एक सय एघार किलो गाँजासहित भारतीय नागरिक पक्राउ

मंगलबार, मंसिर १८ २०८१

हेटौंडा । प्रहरीले १ सय ११ किलो लागू औषध गाँजासहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

आज बिहान प्रहरी चौकी लेवट बसामाडी मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौंडा ३ तिनताप्के स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डबाट उक्त गाजासहित एकजनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा गाडी चालक देश भारत जिल्ला मोतिहारी चैनपुर ढाका थाना बस्ने बर्ष ३० को महोमद समिर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

उक्त लागुऔषध, पिकअप गाडी र चालक महोमद समिरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ।