काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य कृष्णकुमार झासहित धनुषाका २१ जना कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
महासचिव शंकर पोखरेलले आज पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा उनीहरूलाई खादा लगाई स्वागत गरे ।
एमालेमा प्रवेश गर्नेहरूमा जनकपुरधाम उपमहानगरपालिका वडा कमिटीका अध्यक्ष रामस्वरुप महतो, सदस्यहरू रामभजन साह, किशोरी साह, सोनफी साह, मञ्जो मुखिया, इन्दुदेवी मुखिया, चन्द्रावती देवीलगायत छन् ।
विगतमा लामो समय कम्युनिष्ट आन्दोलनका साथै नेकपा (एमाले) मै क्रियाशील एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य झाले अब जीवनभर एमालेमा रहेर पार्टी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले नेकपा एकीकृत समाजवादीको औचित्य नभएको र भविष्य सकिएको बताए ।