काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी जेलमुक्त भएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका रायमाझी ज्येष्ठ नागरिकसम्बन्धी सुविधाअनुसार रिहा भएका हुन् । उनलाई बिहीबार बिहान श्रीमती र परिवारका सदस्यको जिम्मा लगाएर कारागारबाट मुक्त गरिएको कारागार स्रोतले जनाएको छ ।
कारागार स्रोतका अनुसार रायमाझीलाई श्रीमतीसहित परिवारका केही सदस्यको जिम्मा लगाइएको हो ।
६५ वर्ष पूरा भएका रायमाझीले आफू ज्येष्ठ नागरिक भएकाले सोही आधारमा कैदमुक्त हुनुपर्ने माग गर्दै अदालतमा निवेदन दिएका थिए ।
उनको निवेदनका आधारमा अदालतले ज्येष्ठ नागरिकले पाउने सुविधाअनुसार कैदमुक्त गर्न संशोधित कैदीपुर्जी कारागारमा पठाएको थियो । सोही आधारमा उनलाई रिहा गरिएको जनाइएको छ ।