बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘स्काइवाक टावर’ मा विशेष छुट

मंगलबार, मंसिर ४ २०८१

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआइएमबी)का ग्राहकहरूले कमलादीमा रहेको ‘स्काइवाक टावर’ मा विषेश छुट पाउने भएका छन् । बैंक र ‘वन्डर्स नेपाल’, काठमाडौंबीच भएको सम्झौतामा एनआइएमबीका ग्राहकलाई ‘स्काइवाक टावर’ प्रवेश शुल्कमा २० प्रतिशतसम्म विषेश छुट दिईने भएको छ।

एनआइएमबीका ग्राहकहरूले एक जनादेखि पाँच जनासम्म टिकट खरिद गर्दा १५ प्रतिशत छुट र पाँच जनाभन्दा बढी संख्यामा टिकट खरिद गर्दा २० प्रतिशत छुट पाउनेछन् । छुट लिनका लागि ग्राहकले एनआइएमबी डेबिट÷क्रेडिट कार्ड वा एनआइएमबी स्मार्ट एप (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । बैंकले ग्राहकहरूलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरू दिँदै आएको छ।