बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

अवैध लागूऔषध सहित एक जना पक्राउ

शुक्रबार, भाद्र २१ २०८१

कञ्चनपुर । बेलौरी नगरपालिका–६ बेलौरी बस्ने ५९ वर्षीय नर बहादुर चन्दलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ सय ४४ ग्राम ६ सय ७० मिलिग्राम सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।