शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

प्रतिकूल मौसमका कारण हवाई सेवा प्रभावित

बुधबार, भाद्र ५ २०८१

काठमाडौं । प्रतिकूल मौसमका कारण आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार खराब मौसम तथा कम ‘भिजिबिलिटी’का कारण बुधबार बिहान पोखरा, भरतपुर, सुर्खेत र लुक्लाका उडान प्रभावित भएका हुन् ।

कार्यालयका अनुसार आन्तरिक उडान सामान्य प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान नियमित छन् ।

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि पानी परिरहेको छ । आज दिनभर देशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना छ ।