काठमाडौं । झापाको झापा गाउँपालिका–१ सितुमारी कार्की चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९१ ग्राम ३ सय ८० मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत प्रान्त बिहार जिल्ला किसनगंज सिंगीमारी आम पञ्चायत थाना–२ बस्ने ५५ वर्षीय अजुमुदिन आलम र कुत्वाभिट्टा ग्राम पञ्चायत थाना–२ बस्ने २६ वर्षीय मुस्ताहक आलम रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी झापाको दमक नगरपालिका–७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ९ सय ५० मिलिग्रामसहित सहित ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–७ डेरा गरी बस्ने बिर्तामोड नगरपालिका–९ किराँत चोक घर भएका २९ वर्षीय कमल श्रेष्ठ, दमक नगरपालिका–८ बालुवाटार बस्ने २९ वर्षीय भान्जा भन्ने रुपेश पौडेल, भारत बिहार राज्य किशनगंज समीदिन कटलबारी–७ लोहा गारा बस्ने २५ वर्षीय अंजार आलम र २७ वर्षीय कमरूल हुदा रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले कमल र रुपेशको कोठाबाट १ ग्राम ८ सय मिलिग्राम उक्त पदार्थ फेला पारी थप अनुसन्धान गर्ने क्रममा उनकै कोठामा आउँदै गरेको अवस्थामा अंजार र कमरूल समेतलाई जाँच गर्दा १० ग्राम १ सय ५० मिलिग्रामसहित फेला परी पक्राउ गरेको हो ।
बाँकेको बैजनाथ गाउँपालिका–७ सेडारी बस्ने २६ वर्षीय प्रबेश थारूलाई उनकै घरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ५० मिलिग्रामसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलीग्रामसहित बैजनाथ गाउँपालिका–२ बस्ने १८ वर्षीय र १७ वर्षीय २ जना किशोरलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कञ्चनपुरको बेदकोट नगरपालिका–७ सुडा बस्ने बिबेक चौधरीलाई उनकै घरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ९ मिलिग्रामसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी कञ्चनपुरको भिमदत्त नगरपालिका–१८ भगतपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २६ मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय कमल चन्दलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।