जनकपुरधाम । जनकपुरमा जलिरहेको अवस्थामा एक युवती र एक बालिकाको शव बरामद भएको छ ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ पुलचोकमा रेल्वे लिक नजिक पोखरी डिलमा बुधबार राति २३ वर्षीय युवती र एक बालिकाको शव जलिरहको अवस्थामा प्रहरीले बरामद गरेको हो ।
घटनास्थलमा प्रहरी पुग्दा युवति र बालिकाको मृत्यु भइसकेको थियो ।
राति नै दुवैको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ ।
मृतक युवती महोत्तरीको मनरासिसा नगरपालिका २ कि २३ वर्षीया मप्रियंका महतो रहेको प्रहरीले जानकारी दिएको छ ।
बालिका करिब ८–९ महिनाकी छन् । उनी मृतक युवतीकै छोरी रहेको अनुमान छ । उनीहरुको हत्या गरेर शव जलाएको हुनसक्ने आशंका प्रहरीको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।