बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

इलाममा १२ दल र ८ स्वतन्त्र गरी २० जनाको उम्मेदवारी दर्ता

शनिबार, चैत्र २४ २०८०

इलाम । उप निर्वाचनकालागि इलाम क्षेत्र नं. २ मा २० जनाको उम्मेद्वारी परेको छ । आज १० वजेदेखि ५ वजेसम्म मनोनयन दर्ता गर्ने समयमा १२ दलका सहित ८ स्वतन्त्रले उम्मेद्वारी दर्ता गराएका छन् ।

मनोनयन दर्ताकालागि अधिकांश उम्मेदवारहरु कार्यकर्ताको ठूलो जमातसहित मूूख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

नेकपा एमालेको तर्फबाट सुुहाङ नेम्वाङ, नेपाली काँग्रेसका जिल्ला सभापति डम्वर बहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीवाट मिलन लिम्वुु, नेकपा एसवाट जितवहादुुर राई, जनमत पार्टी प्रेमदिप लिम्वुु, नेमकिपाबाट श्यामवहादुर दर्जी, मंगोल नेशनल अर्गनाइजेशनवाट मणि बहादुर लिम्वु, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङले मनोयन दर्ता गराए ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका गणेश बहादुर चौहान, राष्ट्रिय मूक्ति आन्दोलन नेपालका जयवन्त विक्रम शाह, नेशनल रिपव्लिक नेपालका धर्मराज राना मगर, नेपाली जनता दलका रेशमबहादुर सुनुवारले मनोनयन दर्ता गराए ।

यस्तै डकेन्द्र सिंह थेगिम, डाकप्रसाद गौतम, अर्जुन विक्रम शाही, मनोज निरौला, केशव कुमार चापागाई, दिपक वोहोरा, योगेन्द्र गुुरुङ र राज वस्यालले स्वतन्त्र उम्मेद्वारि दिएका हुन् ।
यस क्षेत्रबाट निर्वाचित एमाले सांसद सुुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि बैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो ।