धनगढी । धनगढीमा एक जना प्रहरी जवान सुरुज विक रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।
दार्चुलाको शैल्यशिखरण- ९ घर भएका उनी जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत थिए ।
धनगढी उपमहानगरपालिका ७ स्थित मनेहरा सामुदायिक वनमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
बिक बुधबार साँझ जामुनको रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए।
प्रारम्भिक अनुसन्धानका क्रममा उनी बझाङबाट बिदा लिएर धनगढी आएको खुलेको छ । बिकको परिवार धनगढीमा बस्दै आएको थियो ।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।