बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

बुधबार, चैत्र २१ २०८०

विराटनगर महानगरपालिका–१२ स्थित ५३ वर्षीय वेद निधी दाहालको घरमा जुवातास खेलिरहेको अवस्थामा दाहाल समेत १० जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८२ हजार ४ सय ३० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।