बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बुधबार, चैत्र २१ २०८०

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नौकुण्ड गाउँपालिका–१ घर भएका २० वर्षीय लाक्पा घलेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

घलले ती किशोरीलाई कालिका गाउँपालिका–२ घुम्ती बजारस्थित भाइ नाता पर्नेको कोठामा ललाई फकाई लगी सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कालिकास्थानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।