बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चार थान भरूवा बन्दुक बरामद

मंगलबार, चैत्र २० २०८०

भुमे गाउँपालिका–४ काँडास्थित राल्मा सामुदायिक जंगलबाट अवैध भरूवा बन्दुक ४ थान सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वबाट खटिएको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जंगलको ओढारमा लुकाई छिपाई राखेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।