बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

शुक्रबार, चैत्र १६ २०८०

 

आफ्नै श्रीमती २४ वर्षीया आशिका चौधरीको हत्या गरेको अभियोगमा भिमदत्त नगरपालिका–१८ सालघारी बस्ने ३४ वर्षीय बलराम थारुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बलरामले कुटपिट गर्दा आशिका गम्भीर घाइते भएकीभन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट सालघारी र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएकी आशिकाको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।