काठमाडौं । सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक अधिकारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) बढुवामा सिफारिस हुनुभएको छ ।
बिहीबार बसेको बढुवा समितिको सचिवालय बैठकले एसएसपी दीपक अधिकारीलाई डिआइजीमा बढुवा सिफारिस गरेको हो । अधिकारीलाई सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) को (ख) बमोजिम बढुवा सिफारिस गरिएको समितिले जनाएको छ ।
सशस्त्र प्रहरीमा एक जना डिआइजीको दरबन्दी रिक्त थियो ।
बढुवा सिफारिसउपर चित्त नबुझे नियमावलीको ५५ मा व्यवस्था भएबमोजिम सात दिनभित्र उजुरी सुन्ने समितिमा उजुरी दिन सकिने सचिवालयले सूचना मार्फत जानकारी गराएको छ ।