बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

बिहिबार, चैत्र १५ २०८०

 

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी सिरहा गोलबजार नगरपालिका–६ जमदह बस्ने २४ वर्षीय रविन कुमार लामालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक माथि कुटपिट भएको घटनामा जिल्ला अदालत काठमाडौंबाट २०८० मंसिर ७ गते लामा समेतलाई ज्यान मार्ने उद्योग मुद्दामा जनही २ वर्ष कैद र २० हजार जरिवाना सजाय फैसला भई फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं कपनबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।