बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

पँधेरामा नुहाउन गएकी युवतीको बीभत्स हत्या

बुधबार, चैत्र १४ २०८०

पाल्पा । पाल्पाको रिब्दीकोटमा १९ वर्षीया एक युवतीको बीभत्स हत्या भएको छ ।

रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहाको शारदा मावि कक्षा १२ मा अध्ययनरत १९ वर्षीया पदमा सुनारको घाँटी रेटेर हत्या गरेर फालेको अवस्थामा शव फेला परेको हो ।

मंगलवार दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन गएकी सुनारको धारिलो हतियारले शरीरका विभिन्न स्थानहरूमा प्रहार गरेर हत्या गरेको अवस्थामा भेटीएको स्थानीयले बताएका छन्।

स्थानीयका अनुसार दिउँसो ४ बजे घरबाट नजिकै रहेको पँधेरामा नुहाउन गएकी उनी अबेर साँझसम्म नफर्किएपछि खोजी गर्ने क्रममा हत्या गरेर फालेको अवस्थामा शव भेटिएको हो ।

रिब्दीकोट गाउँपालिका वडा नं १ ख्याहाका वडाध्यक्ष चिरञ्जीवी पोखरेलका अनुसार उनी दल बहादुर र कमला सुनारकी छोरी हुन्। उनी शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्।
स्थानीयले युवतीको वीभत्स हत्याको तत्काल छानविन गरि अपराधीलाई कारबाहीको माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, पाल्पाका डीएसपी सुगन्ध श्रेष्ठले घटनाको अनुसन्धान भइरहेको बताए ।