१। आज मिति २०८० चैत्र ०७ गते जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच प्रधान सेनापति
महारथी श्री प्रभुराम शर्माले नेपाली सेनाको प्राड सेवा र प्राविधिक सेवा अन्तर्गत स्वास्थ्य समूहमा रिक्त
रहेका अधिकृत पदहरुमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट छनौट भएका प्राड उप सेनानी २ जना र
प्राविधिक उप सेनानी ९स्वास्थ्य समूह० ५३ जना गरी ५५ जना नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह
प्रदान गर्नु भएको छ । आयुक्त पद प्रदान कार्यक्रममा प्रधान सेनापतिसँगै बलाधिकृत रथी श्री अशोकराज
सिग्देल र सैनिक तालिम महानिर्देशक उपरथी श्री सन्तोष कुमार ढकालले पनि नव नियुक्त अधिकृतहरूलाई
दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको थियो ।
२। नेपाली सेनाका रथीवृन्द, अधिकृतहरूका साथै नव नियुक्त अधिकृतहरूका परिवारजनको उपस्थिति
रहेको कार्यक्रममा प्रधान सेनापतिले नव नियुक्त अधिकृतहरूलाई बधाई दिँदै सैनिक जीवनमा सफलताको लागि
शुभकामना व्यक्त गर्नु भएको थियो ।