बेलबारी । आफ्नै श्रीमतीको हत्या गरेर मोरङको बेलबारीमा एक पुरुषले आत्महत्या गरेका छन् । बेलबारी १ का ६० वर्षीय बमबहादुर लिम्बूले श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राति करिब १ बजे ६० वर्षीय बमबहादुरले ४५ वर्षीय पत्नी गीता लिम्बूलाई धारिलो हतियार (दाउ) ले प्रहार गरेका थिए । गीताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
लगतै बमबहादुरले त्यही दाउले आफ्नो घाटी रेटेर आत्महत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले बताए ।
बमबहादुरलाई गम्भीर घाइते अवस्थामा प्रहरीले फेला पारेको थियो । उनलाई उद्धारगरी विराटनगरको नोबेल अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनले छोरालाई पनि आक्रमण गर्न खोजेको तर छोरा भने भागेर ज्यान जोगाएका थिए ।