काठमाडौं । सरकारी ठगीको आरोपमा ग्यालेक्सी टिभीका सञ्चालक जीबी राईलाई प्रहरीले पक्राउ गरेको चर्चा चलेको छ।
ठगी प्रकरणमा मुछिएका राईलाई सिंगापुरबाट पक्राउ गरिएको केही अनलाइनहरुले लेखेका छन् ।
प्रहरी स्रोतका अनुसार राई पक्राउ परेको आफूहरुलाई जानकारी नभएको र त्यसको पुष्टि पनि नभएको बताएको छ ।
राईमाथि सहकारीको आवरणमा सर्वसाधरणबाट १७ अर्बभन्दा बढी ठगी गरेको अभियोग छ ।
राई समूहले पोखरामा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, बुटवलमा सुप्रिम बचत तथा ऋण सहकारी संस्था, नेपालगन्जमा समनता बचत तथा ऋण सहकारी संस्था, चितवनमा सहारा चितवन बचत तथा ऋण सहकारी संस्था, वीरगन्जमा सोना पाइला बचत तथा ऋण सहकारी संस्था चलाएको थियो।
काठमाडौंमा हाम्रो नयाँ कृषि सहकारी संस्था, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लगायत पनि राई समूहबाटै सञ्चालन भएको थियो।