काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी २० सिरिजअन्तर्गत नेपाललले नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार बिहान नामिबियाले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।
नेपालले आज टिममा सामान्य परिवर्तन गरेको छ । आज नेपालले कुशल भुर्तेल र सन्दीप जोरालाई बेन्चमा राखेको छ ।
नेपालले कुशल भुर्तेलको स्थानमा आज अनिल शाहलाई टिममा समावेश गरेको छ । आज ललित राजवशी र सन्दीप जोरालाई नेपालले बेन्चमा राखेको छ । यस अघिको नेपालको खेलमा जोरा खेलेका थिए । आज नेपालले आरिफ शेख र अभिनास बोहरालाई टिम समावेश गरेको छ ।
नेपालको प्लेइङ ११
अनिल शाह, आसिफ शेख, रोहित पौडेल(कप्तान), कुशल मल्ल, प्रतिश जिसी, आरिफ शेख, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, गुलशन झा र दीपेन्द्रसिंह ऐरी ।