बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नामिबियाले टस जितेर नेपाललाई दियो पहिला ब्याटिङको निम्तो

शुक्रबार, फाल्गुन १८ २०८०

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत नेपाललले नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार बिहान नामिबियाले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।

यसअघिको खेलमा नेपाललाई हराएको नामिबिया उच्च मनोबलका साथ मैदान उत्रिएको भने नेपाल आज जित्दै पर्ने दबाबमा मैदानमा उत्रिँदै छ ।

नामिबियाले पहिलो खेलमा नेपाललाई २० रनले हराएको थियो । नामिबियाले दिएको २०७ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८६ रनमा अल आउट भएको थियो । दोस्रो खेलमा नेदरल्याण्डविरुद्ध २ रनको हार बेहोरेको थियो।

शीर्ष दुईमा रहँदै फाइनल खेल्नका लागि नेपालले आजको खेलमा जितै पर्ने हुन्छ ।

नेदरल्यान्ड्सले नेपाललाई २ रन र नामिबियालाई ५९ रनले हराउँदै शीर्षस्थानमा छ ।  आज नामिवियासँग पराजित भए नेपाल एक खेल अगावै फाइनल दौडबाट बाहिरिनेछ ।टी -२० त्रिकोणात्मक सिरिजमा नेपाल, नामिबियासँगै नेदरल्याण्ड सहभागी छ ।

नेपालले शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । आइतबार नामिबिया र नेदरल्यान्ड्स भिड्नेछन् । नेपाल फाइनलमा पुग्न दुवै खेलमा जित्नु पर्ने छ ।

सिरिजमा दुई खेल खेलिसकेको नामिबिया बिहीबार भने नेदरल्याण्ड्स पराजित भएको थियो ।

नेदरल्यान्ड्स २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नामिबिया २ अङ्कसहित दोस्रो स्थानमा छ । २ वटै खेल हारेको नेपाल अङ्क तालिकाको पुछारमा छ ।