काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नेदरल्यान्ड्सले नामिबियासामु २४८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनाएको हो ।
नेदरल्यान्डले बनाएकाे २४७ रन त्रिवि क्रिकेट मैदानमा अहिलेसम्मकै उच्च टी-२० स्कोर हो । यसअघि सन् २०२१ मा भएको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले २३८ रन बनाएको थियो ।
ओपनर माइकल लेभिट र साइब्रान्ड एंगलब्रेक्टको विश्व कीर्तिमानी साझेदारी गरे । लेभिटले ६२ बलमा ११ चौका र १० छक्कासहित १३५ रनको शतकीय इनिङ खेले । साइब्रान्ड एंगेलब्रेक्ट ४० बलमा ७ चौका र ५ छक्कासहित ७५ रनमा आउट भए । लेभिट र एंगेलब्रेक्टले १९३ रनको विश्व कीर्तिमानी साझेदारी गरे । यो टी-२० आईमा दोस्रो विकेटका लागि भएको उच्च साझेदारी हो ।