आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

बैंक तथा वित्तीय:

वित्तीय साक्षरतामा ग्लोवल आईएमईको अग्रगामी छलाङ

बैंकका ३५ शाखाद्वारा एकै साथ वित्तीय साक्षरता कार्यक्रम संचालन

बिहिबार, फाल्गुन १७ २०८०

काठमाडौँ – नेपाली बैंकिङ क्षेत्रमा सबैभन्दा ठुलो, सवल, सक्षम र सफल बैंककोरुपमा परिचय स्थिापित गर्न सफल भएको ग्लोबल आइएमई बैंक लिमिटेडले वित्तीय साक्षरता प्रदान गर्नै कार्यमा अग्रगामी छलाङ मारेको छ । बैंकले सातवटै प्रदेशमा रहेका ३५ वटा शाखाबाट एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकले सो कार्यक्रम संचालन गरेको हो ।

कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको थियो । ३५ स्थानमा सञ्चालित कार्यक्रममा चार हजार भन्दा बढि मानिसहरुलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको बैंकले जनाएको छ ।

बैंकका अनुसार सो कार्यक्रममा वागमती प्रदेशका सात सय, गण्डकी प्रदेशका नौं सय, लुम्बिनी प्रदेशका एक हजार आठ सय र सुदूरपश्चिम प्रदेशका सात सय ५० भन्दा बढि लक्षित वर्गहरुको सहभागिता थियो ।