बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

करण केसीले लिए नेदरल्यान्ड्सको पहिलो विकेट

बुधबार, फाल्गुन १६ २०८०

काठमाडौं । नेदरल्यान्ड्सविरुद्ध नेपालका करण केसीले पहिलो विकेट लिएका छन् । तेस्रो ओभरको पहिलो बलमा उनले क्याक्स ओ डाउटको विकेट लिएका हुन् । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले २.५ ओभरमा एक विकेटको क्षतिमा २६ रनमा खेलिरहेको छ ।
त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिला ‘फिल्डिङ’ गर्ने निर्णय लिएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल पहिलो जितको खोजीमा छ । हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । यता नेदरल्यान्ड्स भने नेपाललाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गर्ने उद्देश्यका साथ मैदानमा उत्रदैछ ।

आजको खेलमा नेपाली टोलीमा दुई खेलाडी परिवर्तन भएका छन् । अविनाश बोहरा र विवेककुमार यादवलाई बेन्च राखिएको छभने ललितनारायाण राजवंशी र प्रतिश जिसी प्लेइङ एघारमा समेटिएका छन् ।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलसन झा र प्रतिश जिसी छन् ।