बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नामिबियासँग टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल

मंगलबार, फाल्गुन १५ २०८०

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत पहिलो खेलमा नामिबियासँग टस हारेको छ ।

टीयू क्रिकेट मैदानमा नामिबियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

नामिबियाका कप्तान जेजे स्मिथले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएसँगै नेपालले फिल्डिङ गर्ने भएको छ ।

टी -२० त्रिकोणात्मक सिरिजमा नेपाल, नामिबियासँगै नेदरल्यान्ड सहभागी छ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको पहिलो

सिरिजपछि टी-२० सिरिज खेल्न लागेका हुन् ।

यसअघि आईसिसी विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा भएको ओडीआई सिरिजको दुई खेलमा नै नेपाल नामिबियासँग पराजित भएको थियो।

सिरिजको दोस्रो खेलमा नेपालले भोलि बुधबार नेदरल्याण्डस्सँग खेल्नेछ।

टी–२० खेल्ने नेपाली टोली
रोहित पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल साह, रासिद खान, सागर ढकाल, आरिफ शेख र अविनाश बोहोरा।