बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपाल र लेबनान भिड्दै

मंगलबार, फाल्गुन १५ २०८०

काठमाडौं । वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज लेबनानसँग खेल्दै छ ।

साउदी अरबको प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा खेल राति पौने ११ बजे सुरु हुनेछ ।

नेपाल समूह चरणमा अपराजित रहँदै समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।

लेबनान समूह ‘ए’को उपविजेता हो । पश्चिम एसियाली फुटबल महासंघले आयोजना गरेको प्रतियोगितामा पहिलो पटक सहभागी नेपाल उपाधि जित्ने लक्ष्यमा छ।

समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० गोल अन्तरले पराजित गरेको नेपालले त्यसअघि इराकलाई ५-० र सिरियालाई ४-१ ले पराजित गरेको थियो ।

यता लेबनान समूह चरणको अन्तिम खेलमा जोर्डनसँग पराजित थियो भने उसले आयोजक साउदी अरेबिया र गुमालाई भने पराजित गरेको थियो । समूह चरणका ३ खेलमा १३ गोल गर्दा १ गोल मात्र बेहोरेको नेपाल प्रतियोगिताकै सर्वाधिक गोलकर्ता टोली हो ।

३ खेलमा ८ गोल गरेकी सावित्रा भण्डारी प्रतियोगिताकै सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छन् । सावित्राले अब १ गोल गरे उनी दक्षिण एसियाली महिला फुटबलरमध्ये सर्वाधिक गोलकर्ता बन्ने छिन् ।

फिफा महिला बरियतामा नेपाल बरियताको १ सय ५औं स्थानमा छ भने लेबनान १ सय ३४औं स्थानमा छ ।