मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

एमाले कैलालीको नयाँ नेतृत्वका लागि पाँच दिनपछि मतदान सुरु

शुक्रबार, फाल्गुन ११ २०८०

धनगढी । नेकपा (एमाले) कैलाली कमिटीको नवौँ जिल्ला अधिवेशनमा पाँच दिनपछि मतदान सुरु भएको छ । शु्क्रबार बिहान साढे ८ बजेबाट मतदान सुरु भएको हो ।

अधिवेशनको गत आइतबार अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । तर यसबीचमा सर्वसहमतिको प्रयास भन्दै पाँच दिनसम्म अलमल गरिएको थियो । प्रतिनिधिहरु विरोधमै उत्रिन थालेपछि शुक्रबार मतदान भइरहेको हो ।

अधिवेशन उद्घाटन भएपछि छैटौँ दिन शुक्रबार बिहानबाट मतदान सुरु भएको हो ।

अध्यक्षमा यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी र डेजी पाण्डे चुनावी मैदानमा हुनुहुन्छ । उपाध्यक्षमा ६ जनाको उम्मेदवारी रहेको छ । गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्रबहादुर रावल, विष्णुबहादुर चौधरी, लोकेन्द्र शाहीले उपाध्यक्षका लागि उम्मेदवारी दिएका छन् ।

सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा र ममताप्रसाद चौधरीले उम्मेदवारी दिनुभएको छ । उपसचिवमा राजु गुरुङ, चूडामणि भट्ट, नृप थ्यायत खड्का, चक्रबहादुर विष्ट, भुवन रिजालको उम्मेदवारी परेको छ ।

त्यस्तै महिला उपसचिवमा रत्ना कुँवर जोशी, अम्बिका विष्ट मल्ल, गङ्गाकुमारी चौधरी र शान्तिदेवी सिंहको उम्मेदवारी रहेको छ ।