बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

मलङ्गवामा एक युवक मृत फेला

शुक्रबार, फाल्गुन ११ २०८०

सर्लाही । नेपाल–भारत सीमा नजिक मलङ्गवामा एक युवक मृत फेला परेका छन् ।

मलङ्गवा नगरपालिका–९, स्थित सीमा क्षेत्र नजिक सोही ठाउँका ३० वर्षीय सहमद साफी मृत अवस्थामा फेला परेका हुन् ।

उनको शरीरमा कुनै चोटपटक नदेखिएको र मुखबाट अत्यधिक फिँज काडि रहेकाले लागु औषध सेवनका कारण उनको मृत्यु भएको आशङ्का गरिएको छ ।

उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखी घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।